FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

  • जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै  समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।

भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।

साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय /गाँउपालिकालाई दिन हुन अनुरोध छ । 

आर्थिक वर्ष: