FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

  • घरको नक्शापास गरिपाँउ भनि दिएको निवेदन
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • घर निर्माणको लागि गाउँपालिकाबाट लिएको अनुमति
  • जग्गाको जग्धाधनी प्रमाणपत्र,
  • ट्रेस नक्शा तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको घर नक्शा २ प्रति
  • घरको नक्शा बनाउने प्राविधिकबाट नक्शा पासको सिफारिश
  • चालु आर्थिक वर्षमा गाउँपालिकालार्इ घर बहाल कर, व्यवसाय कर र जग्गाको तिरो तिरेको रसिद

योजनाको रकम भुत्तानी लिदा आवश्यक पर्ने कागजागतहरु

  1. आमभेलावाट उपभोता समितिको गठन
  2. योजना सम्झौताको वडा सिफारिस र सम्झौता पत्र
  3. प्राविधिकको लागत इस्टिमेट
  4. काम गर्दा बनेका विल, भर्पाई, डोरहाजिर, योजना पूर्वको र सम्पन्‍न भएपश्‍चातको फोटाहरु
  5. आम भेलाबाट योजना सम्पन्‍न भएको निर्णय एवं खर्च सार्वजनिक भएको निर्णय
  6. प्राविधकको कार्य सम्पन्‍न प्रतिवेदन् / मुल्याङ्कान (M.B)
  7. रु ५०००००।– भन्दा माथिको योजनामा होर्डिङ वोर्डको फोटो अनिवार्यरुपमा पेश गर्नु पर्ने छ।
  8. वडा कार्यालयबाट काम सम्पन्‍न भएको सिफारीस पत्र
  9. सम्बन्धित उपभोता समितिको अन्तिम किस्तामागको निवेदन

व्यक्तिगत घटना दर्ता(जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईंसराईं दर्ता, मृत्यु दर्ता ) गर्न घरमै बसेर अनलाईन फारम भरेर तलको प्रक्रिया बमोजिम प्रमाणपत्र पाउन सकिने व्यहोरा सम्पूर्ण वालिङबासीहरुमा सूचित गराउन चाहन्छौं ।

१. Firefox Browser मा http://116.90.234.162:804/ लिङ्क खोल्ने ।

२. घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् । लेखेको बटनमा क्लिक गर्ने ।

३. व्यक्तिगत परिचय फारम भर्ने ।

४. अन्तिममा विवरण भर्ने सुचकलो आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।

५. मोबाईलमा आएको टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा जाने ।

६. वडा सचिवले सो नम्बरको आधारमा सूचना फारम हेर्दछन् ।

७. आवश्यक डकुमेन्ट पेश गर्ने र दर्ताको लागि आवश्यक पर्ने भएमा दर्ता शुल्क तिर्ने ।

८. प्रिट गरेको सूचना फारममा सही छाप गर्ने ।

९. अन्तिममा पञ्जीकाधिकारी / वडा सचिव द्वारा सर्टिफिकेट प्रदान गरिन्छ ।

यो सिस्टमबाट देशैभरी व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएको छ। प्रत्येक स्थानीय तहको डाटा केन्द्रीय पञ्जीकरण विभागबाट हेर्न मिल्ने गरी बनाईएको यो सिस्टमको पूर्ण रुपले सञ्चालन गरिएमा दोहोरो दर्ता नियन्त्रण गर्न सकिने र रिपोर्टिङका साथै प्रतिलिपी दिने कुरामा पनि सहजता आउनेछ ।